कोहलपुर / कोहलपुरका फरक फर दुई स्थानमा शंकास्पद बस्तु फेला परेको छ । रत्नराजमार्ग अन्र्तगत सुर्खेत नेपालगञ्ज सडकखण्डको कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरी झण्डहवा चोक र कोहलपुर नगरपालिका वडा नं ५ किरणनालामा बम जस्तो देखिने शंकास्पद रातो वस्तु फेला परेको छ ।ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पलाष्टिकले बेरेर करीब एक हात बराबरको रातो स्टिल बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।
नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शंकास्पद बस्तु भेटिएपछि प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेको छ ।
शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । किरणनाला क्षेत्रमा समेत प्रहरी परीचालन गरिएको कोहलपुर प्रहरी प्रमुख ऐनबहादुर मल्लले जानकारी गराएका छन।
नेपाली सेनाको टोली अझै पुगेन
बाँकेको कोहलपुरमा फर दुई स्थानमा शंकास्पद बस्तु देखा परेलगैत नेपाल प्रहरीको टोलिले सुरक्षा व्यवस्था कडा पारेतापनि नेपाली सेनाको टोलि भने अझै शंकास्पद स्थानमा पुग्न सकेको छैन । नेपाल प्रहरीले नेपाली सेनालाई खबर गरेको दुई घण्टा भइसकेको छ। तर अझै सेना आएको छैन । शंकास्पद स्थानमा आवत जावत गर्न भने प्रहरीले रोक लगाइएको छ । बन्दका कारण कोहलपुर सहित लुम्बिनी प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन । राति छुटेका गाडीहरुलाई भने प्रहरीले बिहान स्कटिङ गरेर गन्तव्यसम्म पठाएको थियो तर केही माल बहाक लहरीहरु भने रोकिएका छन ।