२७ जेष्ठ २०८२, सोमबार

‘जनताको साथमा कांग्रेस’ अभियान आज बाँकेमा उद्घाटन
  • न्युज मानसराेवर

बाँके\प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर जनताको साथमा कांग्रेस अभियान बाँकेमा सुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री दीपक गिरीले आज  उद्घाटन गरे ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले अभियानको उद्धेश्यबारे प्रकाश पारेका थिए ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्ने कांग्रेसका नेताहरुले पाँच दलिय गठबन्धन गर्नु बाध्यता भएको बताए । तर, पार्टी एक्लै भएपनि चुनाव जित्न सक्ने काग्रेस नेताहरुको दावि रहेको छ ।

अभियान यही भदौं २४ गतेसम्म चल्ने बताइएको छ । कार्यक्रममा केन्द्र, लुम्बिनी प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश सभा, गाउँपालिका/नगरपालिका, वडा तहका पार्टीका सभापति तथा प्रतिनिधीहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवम् प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले गरेका थिए ।

  • १२ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech