२८ जेष्ठ २०८२, मंगलवार

प्रधानमन्त्री पत्नी आरजु राणा सहित ११ जना बाँके क्षेत्र न ३ बाट सिफारिस
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसले बाँके क्षेत्र न ३ मा सघिय निर्वाचनका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।  नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंर , केन्द्रिय सदस्य डा. आरजु राणा देउवाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको हो । नेपाली कांग्रेस क्षेत्रिय पार्टी सचिव ज्ञान बहादुर वली जानकारी गराएका छन।

यस्तै बाँकेका कांग्रेस नेताहरु बादशाह कुर्मी, आशा बि.क, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस गरिएको छ ।

यसैगरी समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठसहित कृष्ण बिके रसाईली, हरिभक्त उप्रेती, गगनबहादुर बिक, अनिता योगी, शेरबहादुर गुरुग, अर्जुन पाण्डे, पुष्पा बिक र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन् ।

२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दलाल रोकाय निर्वाचित भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार बादशाह कुर्मीलाई रोकायले पराजित गरेका हुन् ।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech