बाँके\निर्वाचन आयोगले मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा कति मतदाताले मताधिकार प्रयोग गर्न पाउँछन् भन्ने तथ्यांक सार्वजनिक गरेको छ।
आयोगका अनुसार एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउँछन्।
यसअघि वैशाख ३०मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता थिए।