बैजनाथ \बैजनाथ गाउँपालिकामा डेंगु रोग नियन्त्रण बारे स्वास्थ्य कार्यालय बाँकेले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लामा पछिल्लो समय डेंगु रोग संक्रमण फैलिदै गरेको अवस्थामा बाँकेका आठ वटै स्थानीय तह मा डेंगु संक्रमण नियन्त्रण गर्नाका लागि अभिमुखिकरण सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेकी दुर्गा गौतमले अभिमुखिकरण कार्यक्रममा जानकारी गराइन।
अभिमुखीकरण कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया वडा अध्यक्ष कार्यापालिका सदस्य स्वास्थ्यका कर्मचारी महिला स्वास्थ्य संयम सेविका लगाएतको सहभागिता रहेको बैजनथा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराए ।
पछिल्लो समय नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। ७६ जिल्लामा फैलिएको डेंगुबाट उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
हालसम्म संक्रमितको संख्या २२ हजार ९८८ पुगेको छ। मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ। लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ। नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु संक्रमण भएको भेटिएको थियो।