काठमाडौँ\नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा अधिकांश संस्थापन पक्षको नाम परेको छ । ११० जनाको नामावलीमा संस्थापन इतर पक्षका न्युन मात्रै परेका छन् ।
नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बर विमलेन्द्र निधिको नाम छ । त्यसपछि फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा छन् भने गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।
संस्थापन इतर पक्षबाट डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।