१५ मंसिर २०८१, शनिबार

कांग्रेसको समानुपातिक सुचीमा बाँकेबाट तीन जना समेटिए
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि समानुपातिकतर्फको बन्द सूचीमा बाँकेका तीन जनालाई राखेको छ । नेपाली कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, संविधानसभा सदस्य आशा बि.क. र महासमिति सदस्य डा.सुरेशकुमार कनोडियाको नाम बन्दसूचीमा राखिएको हो ।

निवर्तमान सभापति कोइराला खसआर्य (महिला), आशा (दलित महिला) र कनोडिया (मधेशी पुरुष) तर्फको सूचीमा परेका हुन । पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा चुनाव लडेकी निवर्तमान सभापति कोइराला पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाकी भाइबुहारी हुन् ।

पार्टीको क्षेत्र नम्बर २ कार्यसमितिले उनको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।  कनोडिया २०७४ मा नेपालगन्जमा मेयर पदको उम्मेदवार बनेका थिए । संविधानसभा सदस्य रहेकी आशाको नाम क्षेत्र नम्बर ३ कार्यसमितिले प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।

  • ९ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech