बाँके\आगामी मंसिर ४ गते हुने संघिय तथा प्रदेश निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार छनोट गरेको छ ।
नेकपा एमालेले बाँके क्षेत्र न १ बाट सूर्यप्रसाद ढकालले टिकट पाएका छन् ।
प्रदेश तर्फ (क) तालमेलका लागि छुट्याइएको छ भने (ख) दुर्गाप्रसाद चौधरीले टिकट पाएका छन् ।
त्यसै गरी बाँके–२ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा विजय यादव र (ख) मा निरजबहादुर गुरुङले टिकट
पाएका छन् । बाँके–३ मा किस्मतकुमार कक्षपतिले टिकट पाएका छन् ।
प्रदेशतर्फ (क) रत्नबहादुर खत्री र (ख) भीमबहादुर वलीले टिकट पाएका छन् ।