१४ मंसिर २०८१, शुक्रबार

बाँके क्षेत्र न ३ मा कांग्रेसमा भुईचालो ! थारुले परित्याग गरे कांग्रेस
  • न्युज मानसराेवर

बैजनाथ\ नेपाली काग्रेसका युवा नेता चन्तराम थारुले नेपाली काग्रेस परित्याग गरेका छन।२०४९ साल देखी नेपाली काग्रेस विद्याथी (नेविसंघ) जीवन बाट  राजनितिक शुरुवात गरेका थारुले नेपाली कांग्रेस परित्याग गरेको जानकारी गराए ।

उनले ३० देखी ३५ वर्ष सम्म नेपाली काग्रेसको संगठन निमार्ण लगाएतमा हली भएर काम गरेको तर पार्टीले त्यसको मुल्याकन नगरेका कारण आफुले नेपाली काग्रेस परित्याग गरेको टेलिफोन मार्फत जानकारी गराए ।

उनले अब नागरिक उन्मुती पार्टी मार्फत संघिय निर्वाचनमा आफ्नो उम्मेदवारी हुने समेत बताएका छन। उनले आयातित (टुरिष्ठ) उम्मेदवार मैदानमा ल्याएर यहाँका कांग्रेसका यौद्धाहरुको अपमान गरेको समेत आरोप लगाएका छन।

चन्तराम थारु बाँके क्षेत्र न ३ का प्रभावशाली युवा नेताका रुपमा परिचित छन।

थारु यस अघि २०७४ मा नेपाली काग्रेस बाट प्रदेश सांसदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार आइपी खरेल सँग पराजीत भएका थिए । नेपाली कांग्रेसले बाँके क्षेत्र न ३ मा संघिय सांसदका लागि किशोर सिंह राठौरलाई उम्मेवार बनाएको छ ।

  • २२ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech