५ भाद्र २०८२, बिहीबार

बाँकेमा जिप दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्तीसोनारी गाँउपालिका-२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ। जिपमा सवार ३ जना यात्रु घाइते भएका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो। काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१ ०२८ च  ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिँदा चालक सहित ४ जना घाइते भएका थिए।

घाइतेलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा  उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो। घाइते भएका मध्ये बीरेन्द्रनगर नगरपालिका ७ का २२ बर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

  • २६ आश्विन २०७९, बुधबार प्रकाशित

  • Nabintech