बाँके\बाँकेमा कुल ३ लाख ३२ हजार २३१ मतदाता रहेका छन् । कुल मतदातामध्ये एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताइन् ।
उनका अनुसार अन्य मतदाताको संख्या ९ रहेको छ । बाँके जिल्लामा प्रतिनिधिसभातर्फ तीनओटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ६ ओटा क्षेत्र छन् ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् । प्रदेशसभा क्षेत्र नं १ (क) मा नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका एकदेखि ७ नं वडा पर्दछन् । प्रदेशसभा क्षेत्र नम्बर १ (ख) मा कोहलपुर नगरपालिका र राप्तीसोनारीका ८ र ९ नं वडा पर्दछन् ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख २१ हजार एकसय मतदाता छन् भने प्रदेश १ (क) मा ५५ हजार आठ सय ४५ र प्रदेश १ (ख) मा ६५ हजार दुई सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।