बाँके\ नेकपा एमाले बाँके क्षेत्र न ३ मा चुनावी अभियानलाई तिब्र बनाएको छ ।
बाँके क्षेत्र न ३ का स्थानीय तहका सबै वडाहरुमा निर्वाचन परिचालन कमिटी पार्टी विस्तार गरेको छ ।
बैजनाथ गाउँपालिका वडा नं ५ वडा कमिटीको आज बिस्तारी बैठक बाट जिल्ला कमिटी सदस्य एवं बैजनाथ वडा न ५ का इन्चार्ज लील बहादुर नेपालीको संयोजकत्वमा रा.प्र.पा समेतको सहभागीता रहने गरी १७१ निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
कार्यक्रममा बाँके क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार किश्मतकुमार कक्षपति प्रदेश सभा सदस्य रत्न खत्री नेकपा एमालेका प्रदेश कमिटी सदस्य घननाथ खनाल ,मान बहादुर रुचाल ,नन्द विश्वकर्मा लगाएतको सहभागिता रहेको थियो ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार किश्मतकुमार कक्षपतिले समृद्ध नेपाल निमार्ण गर्नाका लागि एमालेकाउम्मेदवारहरुलाई विजयी गराउन अगुवा कार्यकताहरुलाई आग्रह गरे । उनले समृद्ध क्षेत्र न ३ निमार्णका आधारभूत योजनाहरु एमाले सँग मात्र रहेको दावि समेत गरेका छन।