काेहलपुर/ नेपाल उद्योग तथा व्यवसायी महासंघकाे काेहलपुरकाे आयाेजनामा बृहत व्यवसायी भेला सम्पन्न गरिएकाे छ । भेलालाई सम्बाेधन गर्दै नेकपा एमाले का उम्मेदवार सुर्य ढकालले काेहलपुर क्षेत्रकाे विकास र समृद्ध नगर निर्माणमा उद्योगीहरूकाे भूमिका महत्वपूर्ण रहेकाे बताएका छन ।
ढकालले बाँकेकाे विकास र भावि याेजना निर्माण का विषयमा हामी बहस गर्न चाहन्छाैँ । गठबन्धनका साथीहरूलाई हामी आग्रह गर्छाैँ समग्र बाँकेकाे विकास र भावि याेजनाहरूकाे आवश्यकता र त्यसकाे ओैचित्यका सन्दर्भ मा बहस गराैँ।उनले भने ।ढकालले जनता लाई गठबन्धनकाे भ्रम बाट मुक्त हुन आग्रह समेत गरे ।
ढकालले जनता विकास र याेजना ल्याउने र भावि रणनीति र त्यस रणनीतिले समग्र बाँकेकाे विकासमा के फरक ल्याउँछ त्यस्ता उम्मेदवारहरूलाई विजयी गराउने विश्वास व्यक्त गरे । उनले गठबन्धन सँग कुनै विचार र विकासका याेजना नरहेकाे दावि गरे ।उनले गठबन्धन सँग विकास र याेजनाहरू छन भने विकास बहसमा आउन आग्रह समेत गरेका छन ।
ढकालले आफू सँग पैसा सत्ता र शक्ति नरहेकाे बताए । उनले आफु सँग ईमानदारी , लगनशील र जनता विचका समस्याहरू र त्यसकाे निवारण गर्ने याेजनाहरू एमाले सँग मात्र रहेकाे बताए । अथक जी मन्त्री हुनु भयाे। ‘ हामीले उहाँलाई विजयी गरायौं तर मन्त्री हुँदा बाँके क्षेत्र न १काे विकास गर्नाका लागि कुनै महत्त्वपूर्ण याेजनाहरू संचालन नभएकाे दावि गरे ।’ उनले बाँकेकाे राजनिती हस्तक्षेप केवल बाँके मात्र नरहेकाे बताउँदै यहाँकाे राजनीति प्रभाव साविक मध्यपश्चिम र सुदुर पश्चिम जिल्लामा समेत महत्त्वपूर्ण प्रभाव रहने हुँदा यहाँकाे अर्थ राजनिती विकास र समृद्धि याेजना महत्त्वपूर्ण हुने बताए । कार्यक्रम प्रदेश उम्मेदवार दुर्गा थारू लगाएतकाे सहभागिता रहेकाे थियाे ।