बाँके\समृद्ध नेपाल आम नेपालीको चाहना पुरा गर्नाका लागि मंसिर ४ गते एमाले उम्मेदवारहरुलाई विजयी गराउन बाँके क्षेत्र न ३ का उम्मेदवारहरुले जनता माझ आग्रह गरेका छन।
बाँके क्षेत्र न ३ को बैजनाथ गाउँपालिका वडा न १,२,३,४ मा जनताको घरदैलो तथा जनता भेटघाट गर्दै एमाले उम्मेदवाहरु कक्षपतिले उक्त कुरा मतदाता माझ बताएका हुन। भेटघाट कार्यक्रममा नेकपा एमाले प्रदेश क का उम्मेदवार रत्न खत्रीले स्वाभिमान नेपाली र स्वाभिमान नेपाल अखण्ड नेपाल रहनका लागि समेत एमाले उम्मेदवार विजयी गराउनु पर्ने बताए ।
उनले देशको समृद्धी योजना र युवा योजना केवल एमाले सँग मात्र रहेको बताए । उनले देशमा चरम भ्रष्टचारी , गरिबी अत्य गर्नाका लागि पनि सुर्यमा मतदान गर्न आम नेपालीहरुको धर्म हुने विश्वास व्यक्त गरेका थिए । एमाले प्रतिनिधि सभा उम्मेदवार किश्मतकुमार कक्षपति प्रदेश क उम्मेदवार रत्न खत्रीले पछिल्लो समय बैजनाथ गाउँपालिका विभिन्न वडाहरुमा घरदैलो अभियानलाई तिब्रता दिइएका छन।
घरदैलो कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य घननाथ खनाल मान बहादुर रुचाल जिल्ला कमिटी सदस्य पालिका कमिटी वडा कमिटी टोल कमिटी लगाएत परिचालन गरिएको छ ।