१४ मंसिर २०८१, शुक्रबार

स्थानीयका गुनासा सुन्दै एमाले उम्मेदवारःढकाल
  • न्युज मानसराेवर

बाँके\बाँकेमा  मंसिर ४ मा हुने निर्वाचन अभियानलाई तिब्रता बढाउदै नेकपा एमाले  लगाएत  गठबन्धन , स्वतन्त्र  दलका उम्मेदवारहरु जनताको घरदैलोमा भोट माग्दै जनताको समस्या सुन्न केन्द्रित छन।  तर मतदाता भने बेखुस छन। कारण हो नेताहरुको आश्वसन ।’

२०७४ मा हामिले मतदात गर्यौ ।सांसद ,मन्त्री   भए । तर खै निर्वाचनमा गरिएका बाँचा ज्यू का त्यू छन । कोहलपुर ३ बैकुण्ठनगरका स्थानिय युवा मोहन बस्नेतले नेकपा एमालेका नेता सुर्य ढकाललाई आश्वासन र भाषण भन्दा काम गरेर देखाउन आग्रह गरे ।

बस्नेतले  नेता ढकाललाई आफ्नो गाउँमा हुने डुबानको ,खानेपानीको समस्या समाधान गरिदिनु अनुरोध समेत गरे ।  स्थानिय ६० बर्षिय वृद्ध फुलमाया केसीको  दुखेसो पनि उस्तै छ । गत निर्वाचमा बाडिएका बाँचाहरु अझै औझेलमा छन खै कस्ले पुरा गर्ने हो उनले भनिन् ।

कोहलपुर ३ मोतिनगरकी स्थानिय रमा चन्द ठकुरिले आफ्नो टोलमा पानी निकासको समस्या भएको हुदा असोज महिनाको पानीले आफ्नो पुरै घर नै डुवानमा परेको  काजकिरिया गर्ने र तर्पन दिने ठाउँ सम्म नभएको  आफ्नो दुखेसो व्यक्त गरिन ।   टोलमा खानेपानीको समस्या सङ्गै डुबान र निकासको समस्या समाधान गरिदिन नेता ढकाललाई ठकुरिले आग्रह गरिन ।

यस्तै कोहलपुर ३ बैकुण्ठनगरका पदम केसीले  सिक्टा सिचाइ आयोजनाको नहर्को पानी थुनिदा बस्ती पुरै डुबानमा पुगेकोले बालिनाली र घरमा क्षती पुर्याएको  बताए ।उक्त समस्याको समाधान  गर्न पहल गर्नका लागि  उम्मेदवार ढकाललाई  भने   ।

कोहलपुर ३ मोतिनगरका युवा बसन्त अधिकारीले वैदेशिक रोजगारलाई निरुत्साहित गरि स्वदेशमै स्वरोजगार सिर्जना  गर्न नीति ल्याउन आग्रह गरे ।  उनले नेपाली माटोमै हामिजस्ता युवाले बगाएको पसिनाले सार्थकता पाउनु पर्ने बताए। चुनावी अभियानमा दौडिएका उम्मेदवार ढकालले आफू चुनाव पछि हारजित जे भएनी दुख सुखमा  सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

  • ४ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech