१४ मंसिर २०८१, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीको घरदैलो कार्यक्रम तिव्र
  • न्युज मानसराेवर

बाँके\आगामी मंसिर ४ गतेहुने निर्वाचनको लागी नागरिक उन्मुक्ति पार्टीले कोहलपुरमा आफ्नो घर दैलो अभियान तिब्र पारेका छन् । बाँके जिल्लामा नागरिक उन्मुत्ति पार्टी पहिलो पटक निर्वाचनका लागी जनता माझ आएको छ । बाँके जिल्ला क्षेत्र नं. १ का लागी प्रतिनिधि सभा सदस्य पदमा कोहलपुर नगरपालिका वडा नं. २का थारु अगुवा तथा समाजसेवी सुरेश थारु उमेदवार रहेका छन् । उनले जनतामाझ भनेका छन् ।

गरिबी,शिक्षा, रोजगारी,अवसर,न्याय र अधिकारबाट पछाडी पारिएका समुदाय र नागरिक पक्षमा सशक्त आवाजको प्रतिनिधित्वका लागी पहुँच र पहिचान यात्रामा ढकियामा मतदान गर्न सवैमा आग्रह गरेका छन् । यस्तै बाँके क्षेत्र नं. १ ख प्रदेश सभा सदस्यका उमेदवार भुम वहादुर भण्डारी रहेका छन् ।


भण्डारी लामो समय नेपाली काँग्रेसको सक्रिय राजनीति गदै आएका व्यक्ति हुन । भण्डारी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तथा नेपाली काँग्रेस कोहलपुरका पूर्व पार्टी सचिव सकेत रहेका भण्डारीले नेपाली काँग्रेसमा लामो समय सम्म राजनीति गदै आएका थिए । उनले नेपाली काँग्रेस भित्रको नातावाद कृपावाद, चाकडीवाद, डनवाद, धनवाद, परिवार वाद फरियावाद पुजीवाद….वाद यि सबै खाले वादले गरिव किसान भुमिहिन सुकुम्बासी र बेरोजगारका समस्या समाधान हुन सक्दैन त्यसर्थ राजनीतिक उत्पीडन र वर्गीय उत्पीडनबाट मुक्तिका लागी पहिचान र पहुँचको उम्मेदवारी भन्दै आफुले नेपाली काँग्रेस परित्याग गरेर नगरिक उन्मुक्ति पार्टी वाट आफु चुनाव लड्न वाध्य भएको वताए ।

भण्डारी लामो समय देखि कोहलपुर क्षेत्रमा भष्टाचार विरुद्धको अभियान नै शुरु गरेका भण्डारीकै कारण पनि कोहलपुरमा जनतालाई स्थानिय सरकारको वारेमा आवाज उठाउन सकिाएका थिए । उनको राजनीतिक संघर्ष निकै उतारचढावपूर्ण रह्यो । राज्यबाट राजनीतिक मुद्धामा दर्जनौं पटक पक्राउ परे । द्वन्द्वकालमा २०५८ मंसीर देखि २०५८ पुस सम्म इमामनगर राँझामा नेपाल आर्मीको ब्यारेकमा नजरबन्दमा समेत परे । तर, उनको नजरमा लोकतन्त्रको दूर दृष्टि थियो ।

सेनाको यातनापछि २०६० असोज १४ गतेसम्म भारतको नासिकमा निर्वासित भएर बस्नुपर्यो । बाँके प्रदेश क्षेत्र नं. १ (२) बाट उम्मेद्वारी दिएका भण्डारीको जन्म रुकुम जिल्ला चौरजहारीमा २०३८ जेठ २० भएको हो । २०५१ सालमा शितल उच्च माध्यामिक विद्यालय चौरजहारी रुकुमबाट नेविसंघको यात्रा शुरु गरेका भण्डारी स्पष्ट वक्ता हुन् । जब नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस पुगे उनको विद्यार्थी राजनीति थप अघि बढ्यो ।

राजनीतिशास्त्र र नेपाली साहित्यमा एमए, शिक्षा शास्त्रमा विएड सम्मको अध्ययन पूरा गरेका भण्डारीले यतिबेला आफ्नो राजनीतिको धार परिवर्तन गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट राजनीतिको भूमी विस्तार गर्ने निर्णयमा पुगे । राज्य श्रोतको दोहन गर्नेहरुलाई कांग्रेसले संरक्षण गरिरहेको भन्दै जनताको अधिकारका लागि उनले बाटो मोडेको बताएका छन् ।

यतिबेला कांग्रेस नेतृत्व एउटा होनहार युवालाई गुमाइरहँदा उन्मुक्ति पार्टीले उनलाई कांग्रेसबाट उन्मुक्ति त दिलायो अब जनतालाई उन्मुक्ति दिलाउने भुम भण्डारीको सफर कति उन्मुक्त रहन्छ भविष्यले देखाउला ।

  • ५ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech