कोहलपुर \कोहलपुर नगरपालिकाको उज्ज्यालो कोहलपुर अभियान अन्तर्गत बजार क्षेत्रमा सडकवत्ती जडान अभियान शुरु गरिएको छ । अभियान अन्तगर्त कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत वडा नं ८ पिपरी बजार क्षेत्रका सडकमा वत्ती जडान गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नं ८ का वडाअध्यक्ष लालबहादुर रानाका अनुसार १८ वटा सडकवत्ती जडान गरिएको छ । ‘नगरपालिकाको उज्ज्यालो कोहलपुर बनाउने अभियानअनुसार नै सडकवत्ती जडान भएको हो वडाअध्यक्ष रानाले जानकारी गराएका छन।
‘यसले एकातिर बजार क्षेत्रलाई उज्ज्यालो बनाउने काम गरेको छ भने अर्कोतर्फ आकर्षण पनि थपेको छ ।’ कोहलपुर नगरपालिकाले यसअघि पहिलो चरणमा चौराहदेखि गोल्छासम्म सडकवत्ती जडान गरिसकेको छ ।
सडकवत्ती जडानपछि रात्रीकालीन यात्रामा समेत सहज हुने अपेक्षा गरिएको छ ।
उज्ज्यालो कोहलपुर अभियान अन्तर्गत दोस्रो चरणमा पिपरी बजार क्षेत्रमा सडकवत्ती जडान गरिएको हो।’ अब क्रमिक रुपमा कोहलपुरका सबै क्षेत्रमा सडकवत्ती जडान गरिने नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी गराएका छन।’