१४ मंसिर २०८१, शुक्रबार

एमाले उम्मेदवार खत्रीको रनियापुरमा गर्जन विकास किन भएन ?
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र न ३ प्रदेश (क) का एमाले उम्मेदवार रत्न खत्रीले विकास र समृद्धी नेकपा एमालेले मात्र गर्न सक्ने दावि गरेका छन। उनले ५ वर्षमा आइपी खरेलले कहाँ  कुन स्थानमा विकास गर्नु भयो ? भयो त कहाँ भयो विकास  ? आम रनियापुरका जनताले प्रश्न गर्नु पर्ने बताए । उनले स्वतन्त्रका नाममा केही उम्मेदवाहरुले जनतालाई भ्रममा पार्न खोजेको दावि समेत गरे । उनले स्वतन्त्रको मुकुट भित्र एमाले हराउने कुन्ठा दिवा सपना मात्र हुने औल्याए।

खत्रीले यहाँ रनियापुरका आवश्यकता  र त्यसको निवारण एमालेले मात्र गर्ने सक्ने धारणा राखे । खत्रीले रनियापुरको विकास र समृद्धीका लागि आफ्नो उम्मेदवारी रहेको बताउदै एक चोटी मतदाताले विचार गर्न र उदाउदो सुर्य चिह्मा मतदान गर्न आवश्यक रहेको उल्लेख गरे । खत्रीले  प्रदेश (क)  निर्वाचन क्षेत्रका  सबै समस्या बारे आफु विज्ञ रहेको दावि  गरे ।

विकास र समृद्धीका योजनाहरु जनता माझ जनताका योजना अनुरुप आफुले   ५ वर्ष जनताको सेवा  गर्ने  शनिबार बाँके निर्वाचन क्षेत्र न ३ प्रदेश (क)  को निर्वाचन परिचालन कार्यालयको उद्घाटन कार्यक्रममा उक्त कुरा बताएका हुन।

  • १२ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech