४ असार २०८२, बुधबार

स्वर्गीय नेता यादवको समाधि स्थल पुगे एमाले उम्मेदवार ढकाल
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र न १ का  प्रतिनिधि सभा उम्मेदवार सुर्य ढकाल स्वर्गीय नेता दिनेशचन्द्र यादवको समाधि स्थल पुगेका छन।  नरैनापुर गाउँपालिका यादवको  घर स्थित  समाधि स्थल पुगेर ढकालले केही समय यादव लाई स्मरण गरेका हुन ।

पछिल्लो समय निर्वाचन केन्द्रित अभियानमा बाँके क्षेत्र न १ का उम्मेदवार घरदैलो ब्यापक गरिरहेका बेला  ढकाल भने  पूर्व राज्यमन्त्री  नेकपा एमालेका स्वर्गीय  नेता दिनेशचन्द्र यादवको समाधि स्थलमा पुगेका हुन।

ढकालले स्वर्गीय नेता यादवले लोकतन्त्र र समग्र बाँकेको विकास र पार्टीको नीति प्रति एक बफादार सिफाईको रुपमा उहाँको समाधि स्थलमा उहाँलाई स्मरण गर्न  र आशिर्वाद लिन पुगेको बताएका छन।

ढकालले स्थानीय नरैनापुर गाउँपालिका नागरिकहरुलाई फुसको छाना मुक्त घर निमार्ण गर्न आफ्नो पार्टी र आफु प्रतिवद्ध रहेको बताए।
ढकालले स्थानीयहरु सँग  भावि योजना समृद्ध नरैनापुर गाउँपालिका निमार्णमा भूमिका  निर्वाह गर्नका लागि सुर्य चिह्मा मतदान गर्न अपिल समेत गरेका छन।

  • १३ कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech