१४ मंसिर २०८१, शुक्रबार

शशांक कोइराला अस्पताल भर्ना
  • न्युज मानसराेवर

चितवन\नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नवलपुर-१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. शशांक कोइराला अस्वस्थ भएका छन्।  नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा अस्वस्थ महसुस भएपछि उनलाई अस्पताल भर्ना गरिएको डा कोइरालाका सहयोगी सुरज उप्रेतीले जानकारी दिए। डा कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ।  उप्रेतीका अनुसार डा कोइरालाको अवस्था अहिले सामान्य भइसकेको तर आइतबार रातभर अस्पतालमा नै बसेर स्वास्थ्य स्थिति निरीक्षणका लागि चिकित्सकले सल्लाह दिएका छन्।

  • १३ कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech