बाँके\ बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मतकुमार कक्षपति, ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओलीले आजदेखि जानकी गाउँपालिकामा घरदैलो र जनभेटघाट शुरु गरेका छन् ।
जानकी गाउँपालिका वडा नं. १ का विभिन्न बस्तीमा जनतासंग छलफल र भेटघाट गर्दै उम्मेदवारद्वयले अधुरा विकास योजना पूरा गर्ने अठोट व्यक्त गरेका छन् । उनीहरुले विभिन्न टोलमा स्थानीयसंग अन्तरक्रिया र घरदैलो गर्दै स्थानीयका गुनासा र मागलाई पनि टिपोट गरेका छन् ।
स्थानीयसंगको भेटघाटमा प्रतिनिधिसभा उम्मेदवार कक्षपतिले आफुहरु स्थानीयबासीले उठाएका मागहरुलाई सम्बोधन गर्न आफुहरु प्रतिबद्ध भएर लाग्ने बताए । बन्दै गरेका पुल पुलेसा, सडक, लालपुर्जा नागरिकता जस्ता समस्याहरु स्थानीयले उम्मेदवारमामु राखेका थिए ।
प्रतिनिधिसभा उम्मेदवार कक्षपतिले विकासका दृष्टिकोण पछाडि परेको जानकी गाउँपालिकालाई समग्र विकास गरिने बताउँदै स्थानीयले उठाएका बाटोघाटा,े लालपुर्जा, मठ मन्दिर लगायतको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।
प्रदेश सभा सदस्य उम्मेदवार ओलीले स्थानीयका समस्या आफुलाई राम्रो गरी बुझेको बताउँदै त्यसको समाधानमा प्रतिबद्धता जनाए । उनीहरुले आफुहरु सँधै जनताको काममा हुने जनाउँदै जुनसुकै बेला पनि जनताले निर्धक्क भएर आफ्ना कुरा राख्न अनुरोध गरे ।