कोहलपुर\ कोहलपुर १० बांकेका तत्कालिन राप्रपा नेता अर्जुन जंग शाह स्वतन्त्रबाट बल्ब (चिम) चुनाब चिन्ह सहित चुनाबि मैदानमा उत्रिएका छन । बांके क्षेत्र नं. १ प्रदेश सभा ख बाट आफनो उम्मेदवारी रहेको बताउदै शाहले ठुला पार्टिहरुको सिण्डीकेट चिर्न आफुलाई पार्टिले टिकट नदिएपछि स्वतन्त्रबाटै भएपनि चुनाबमा होमिनु परेको बताएका छन ।
हिन्दु राज्य र राजसंस्थाको वकालत गर्ने पार्टि राप्रपाले गणतन्त्रबादिसंग सांठगांठ गरेपछि कार्यकर्ताहरुमा बिद्रोको भाब पैदा भएको र आफुले बांके क्षेत्र नं. १ मा हलोमा भोट हाल्न पाउने बाताबरण नबनेपछि स्वतन्त्र उम्मेदारीबाटै भएपनि हिन्दु राज्य र राजसंस्थाका पक्षमा वकालत गर्न आफुले स्वतन्त्र उम्मेदवारी दिएको दाबि गरेका छन । बांके जिल्ला क्षेत्र नं १ बाट प्रदेश, क्षेत्र, नगर र वडा सम्मका असन्तुष्टहरुले आफनो पदबाट राजिनामा दिन बाध्य पारेको भन्दै शाहले राजिनामा अघि केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रि प्रेम बहादुर भण्डारी र जिल्ला अध्यक्ष नरेन्द्र पौडेलसंग हलोमा भोट हाल्ने बाताबरण बनाउन आग्रह गरेको भएपनि सुनुवाई भने नभएको बताए ।
युवाको नेतृत्वमा विकासको मुल फुटाउने, भ्रष्टहरुलाई तह लगाउदै हिन्दु राज्य र राज संस्था रहे मात्र देश रहन्छ भन्ने महान जागरण अभियानमा आफु लागेको समेत जिकिर गरे ।पत्रकार भेटघाटमा शाहले राष्ट्रिय पार्टिबाट जनतामाझ बितृष्णा फैलिएको भन्दै ठुला ठुला सपना देखाउने भ्रम छर्ने तर गरिब, किसानका समस्या यथाबत नै रहने परीपाटिका बिरुद्ध आफुले उम्मेदवारी दिएको बताए ।
यी हुन उनका प्रतिबद्धताहरु ?
युवाहरु र स्वस्थ शरीर चाहनेहरुको लागि फिटनेस पार्क गराउने कुलतमा फसेका तमाम नागरिकहरुका लागि जनचेतना जगाउदै पुर्नस्थापना केन्द्रहरुमार्फत पुर्नस्थापित गर्ने उनको प्रमुख प्रतिबद्धता रहेको छ । सरकारी बिशालयहरुमा प्राविधिक शिक्षाको पठनपाठनको पहल गर्ने देखि कोहलपुर नगरपालिकाका १५ वटै वडा जोडने रिङरोडलाई पुर्णता दिने र बजार क्षेत्रमा उचित ट्राफिक ब्यबस्थापन गर्दै मुख्य चोकहरुमा हाईमास्ट र प्रस्ताबिक आकाशेपुल निर्माण तथा ट्राफिक लाईटको ब्यबस्थापन गर्ने समेत उनका प्रतिबद्धताभित्र अटाउन सकेका छन ।
प्रदेश ख अन्तरगत ढकेरी, शम्शेरगञ्ज लगाएत सम्पुर्ण वडाका चोकहरुमा हाईमास्ट लाईटहरुको ब्यबस्था गर्ने । गौशाला, मठमन्दिर र धार्मिक क्षेत्रहरुको संरक्षण र विकासको लागि पहल गर्ने । स्वास्थ्यका लागि खेलकुद, अनुशासनकालागि खेलकुद र वृद्धि विकासका लागि बहुआयामिक रंगशाला र बिभिन्न स्थानमा खेलमैदानहरुको निर्माण गर्नेेदेखि कोहलपुर ११ मा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदान स्तर उन्नती गरिने र २०४७ यताका भ्रष्टाचारीहरुको ३ पुस्ते अभिलेख हेरेर उनीहरुको सार्वजनिक बहिष्कार कार्यक्रम ल्याइने उनको प्रतिबद्धताको प्राथमिकतामा परेका छन । स्वास्थ्य प्रणाली जनताको पहुच भन्दा बाहिर भएकाले यस्लाई पहिलो प्राथमिकतामा राखि अत्यावशयक पहल कदमी गर्ने समेत उनले आफनो प्रतिबद्धतामा राखेका छन ।