४ असार २०८२, बुधबार

मंसिर ४ पछि जनताको सरकार एमाले महासचिव पोखरेल
  • रबि रोकाया

कोहलपुर \नेकपा एमालेका महासचिब शंकर पोखरेलले वर्तमान सरकार मुद्धा मामिलाको सरकार भएको आरोप लगाएका छन ।महासचिब पोखरेलले आज कोहलपुरमा  अगुवा कार्यकर्ता भेटघाट  कार्यक्रमलाई  सम्बोधन गर्दै उक्त  आरोप लगाएका हुन ।

पोखरेलले जनपक्षीय सरकार भएको भए नागरिकका जल्दाबल्दा समस्यामा सहयोग गर्नु पर्ने सरकारको न्यूनतम कार्य हो तर यो सरकारले त्यसो नगरेको समेत बताए । महासचिब पोखरेलको आरोप थियो, यो सरकार मुद्धा मामिलाको हो ।

आज नागरिकलाइ मलखादको समस्या छ। त्यो ममस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको बताउदै एमाले पार्टी आर्थिक सामाजिक रुपान्तरणका लागि नेपालमा एक मात्रै राजनीतिक दल भएको दावी समेत गरेका छन।

उनले मसिंर ४ गते पछि बन्ने सरकार जनताको सरकार हुने विश्वास व्यक्त गरे । एमालेले सरकारको नेतृत्व  गरेका वेला  समृद्ध नेपाल खुसी नेपालीहरुको आकाक्षालाई  देशी ,विदेशीहरुको चाहनामा जनताको सरकार एमालेको नेतृत्वको सरकार ढलाइएको  आरोप लगाए ।

महासचिब पोखरेलले  नेपालको नक्सा जारी गरेदेखी  एमाले सरकार ढलाउन बाह्य शक्तीहरु क्रियाशिल बनेको र एमाले सरकार ढलाएर प्रमादेशी जनमत विरोधी सरकार निमार्ण गरेको खुलासा गरे ।  जति सयम एमालेले सरकारको नेतृत्व गरेको छ त्यसमा सबैले गर्भ गर्नु पर्ने धारणा राखे । उनले एमाले नेतृत्वको सरकारले नेपालका सामाजिक सुरक्षा ,पूर्वाधार विकास , अन्तराष्ट्रि एरपोट , रात्री कालिन हवाई सेवा आम नेपालीहरुलाई समृद्धीको यात्राको सहयात्री बनाउनुका साथै राष्ट्रियताको पैरवी गरेको दावि गरे ।

महासचिव पोख्रेलले मंसिर ४को निर्वाच लक्षित अभियानमा एमाले नेतृत्वमा भएको विकास राष्ट्रिय हितका महत्वपूर्ण निर्णय जारी नेपालको नंक्सा ,पूर्वाधार विकास ,विदेशी तथा स्वरोजगार नीति देशको आर्थिक तथा सामाजिक रुपान्तरण एमालेले खेलेको  भूमिकाका बारेमा जनताहरुलाई बुझाउनु पर्ने बताए। अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बाँके क्षेत्र न १ का एमाले उम्मेदवार सुर्य ढकाल प्रदेश उम्मेदवाहरु एमाले नेता तथा कार्यकर्ता रा.प्र.पा का नेता लगाएतको सहभागिता रहेको थियो ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech