४ असार २०८२, बुधबार

समृद्ध प्रदेश क बनाउने जिम्मेवारी एमालेलाई दिनुहोस् : खत्री
  • रामकृष्ण छिनाल

बैजनाथ\ बाँके क्षेत्र न ३ प्रदेश क उम्मेदवार रत्न खत्रीले समृद्ध बाँके क्षेत्र न ३ बनाउने जिम्मेवारी नेकपा एमालेका उम्मेदवारहरुलाई दिन जनतामाझ आग्रह गरेका छन।

बाँकेको बैजनाथ गाउँपालिका  वडा नं. १ का विभिन्न टोलहरुमा जनतासँग अन्तरक्रिया गर्दै एमाले उम्मेदवार खत्रीले उक्त आग्रह गरेका हुन।विगत ५ वर्ष देखी उम्मेदवारहरु यहाँहरुले विजयी बनाउनु भयो विभिन्न सपना उहाँहरुले देखाउनु भयो प्रतिवद्धता जनाउनु भयो तपाईहरुले पनि उहाँहरुलाई निर्वाचन पछि भेट्ने अवसर पाउनु भएन मैले पनि पाइन ।

आज म उम्मेदवार बनेको छु। मेरो प्रतिवद्धता भनेको यहाँहरुले निर्वाचित गराउनु भयो भने म मासिक रुपमा यहाँहरुको बस्तिमा आउने
छु ।यहाँहरुका दुख र सुखमा सधै सगै हुने मेरो पहिलो प्रतिवद्धता हो । खत्रीले अन्तरक्रियामा भनेका छन। खत्रीले हाल बस्तिहरुमा पानीका समस्या समाधान गर्न बैकल्पीक माध्यम समेत अवलम्बन गरिने उल्लेख गरेका छन।

राज्यको नीतिमा रही कार्य सम्पादन गरिने बताउँदै खत्रीले बस्तिका बाटाहरु साघुरा छन। यहाँहरुको साझा माग पुरा गर्न सबैको सहमतिमा बाटोका लागि ६ लेन जग्गा  सबैले छुटाउनु पर्ने  बताउदै  त्यसपश्चात  बजेटको व्यवस्थापन गर्ने गरिने  खत्रीले भने । एक पल्ट समृद्ध प्रदेश क बनाउने जिम्मेवारी एमालेलाई दिनुहोस् खत्रीले  अन्तरक्रियामा अपिल समेत गरेका छन।

बैजनाथ गाउँपालिका वडा न १ स्थित करेली बस्तिको अन्तरक्रियामा भने । अन्तरक्रियामा बोल्दै स्थानीय विक्रम नेपालीले बस्ति व्यवस्थापन सहित बन्यजन्तुहरुले दिएको समस्या तथा लालपुर्जाको व्यवस्थापन गर्न उम्मेदवारहरुसँग आग्रह गरेका थिए ।

  • १८ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech