१ भाद्र २०८२, आईतवार

अब सेवा गर्ने मौका दिनुहोस्ःखत्री
  • न्युज मानसराेवर

बैजनाथ\बाँके क्षेत्र नं. ३ क स्थित बैजनाथ गाउँपालिका वडा नं.२ का विभिन्न टोलहरुमा नेकपा एमालेका उम्मेदवारहरुले अन्तरक्रिया गरेका छन।

बाँके क्षेत्र न ३ का प्रदेश क का उम्मेदवार रत्न खत्रीले अब सेवा गर्ने मौका  दिनुहोस् अन्तरक्रियामा मतदाता माझ अपिल गरेका छन ।उनले विद्यार्थी जीवनकाल देखी माया स्नेह र सधै साथ सहयोग स्थानीय साथी तथा बैजनाथका आम नागरिकहरुको  गरेको स्मरण गर्दै अब सेवा गर्ने अवसर दिन अन्तरक्रियामा मतदातासँग अपिल समेत गरेका हुन ।

खत्रीले बैजनाथ गाउँपालिका वडा नं.२  लाई कृषिको उत्गम वडाका रुपमा चित्रण गर्दै कृषि यान्त्रीकरण र किसानले उत्पादन गरेका बस्तुहरुको बजारीकरण गर्ना र समृद्ध प्रदेश क बनाउँन आफ्नो उम्मेदवारी रहेको समेत दावि गरे।

त्यसै गरी नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार किश्मतकुमार कक्षपतिले समृद्ध बाँके क्षेत्र नं.३ बनाउन एमाले उम्मेदवारहरुलाई विजयी गर्न सुर्य चिह्मा मतदान आग्रह गरेका थिए ।

उनले कृषि तथा औद्योगिक क्षेत्रको विकास गुणस्तरीय शिक्षा भविष्यको मूल आधार स्थापित गर्नाको लागि समेत एमाले उम्मेदवाहरुको विजयी आवश्यक रहेको अन्तरक्रियामा औल्याए ।

कार्यक्रम नेकपा एमालेका प्रदेश कमिटी सदस्य मान बहादुर रुचाल , घननाथ खनाल लगाएतको सहभागिता रहेको थियो ।

  • १९ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech