बैजनाथ \बैजनाथ गाउँपालिकाले संचालित प्रसूति गृहमा एम्बुलेन्स सेवा विस्तार गरेको छ ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथ गाउँपालिका वडा न १,३र ८ वडाका प्रसूति गृहमा एम्बुलेन्स हस्तान्तरण गरेका छन।
अत्यआवश्यक समयमा विपन्न नागरिकले एम्बुलेन्स सेवा प्राप्त गर्ने विश्वास लिइएको छ । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष शाही नेपालको संविधानले प्रत्याभूत गरेका नागरिकहरुमा मौलिक अधिकार मध्य स्वास्थ सेवालाई वडागत रुपमा विस्तार गरिएको बताए ।
उनले कर्मचारीहरुलाई नागरिक सेवामा केन्द्रित हुन निर्देशन समेत दिएका छन। कार्यक्रममा उपाध्यक्ष निर्मला रोकाया सम्बन्धित वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य, स्वास्थ शाखा प्रमुख लक्षमण शाही ,कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।