बाँके\बाँके क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. धवलशमशेर राणाले नेपालगन्जको मेयर भएका बेला एक रुपैँया भ्रष्टाचार नगरेको दावी गरेका छन् ।
एमाले र राप्रपाले मंगलवार नेपालगन्जमा आयोजना गरेको यूवा तथा महिला भेलालाई सम्बोधन गर्दै डा.राणाले भ्रष्टाचार गरेको प्रमाणित भए फाँसी लगाउन तयार रहेको बताए । ‘मैले एक रुपैँया भ्रष्टाचार गरेको छैन ।
भ्रष्टाचार गरेको प्रमाणित भए फाँसी लगाउन तयार छु,’ उनले भने, ‘यहाँ एक जना उम्मेदवारले अकुत सम्पत्ती निर्वाचनमा खर्च गरिरहेको सुन्नमा आएको छ ।’ उनले पैँसासँग भोट नसाट्न आममतदातासँग आग्रह गरे ।
पैँसाले भोट किन्ने उम्मेदवारले भ्रष्टाचार गर्ने दावी गर्दै उनले त्यसले भ्रष्टाचार फस्टाउने जिकिर गरे । ‘पैँसाले भोट किन्नेले भ्रष्टाचार गर्छ । भ्रष्टाचार भए महंगी बढ्छ । महंगीले गरिवी बढाउँछ,’ उनले भनेका छन।
्