१४ मंसिर २०८१, शुक्रबार

समृद्ध बैजनाथ निमार्णका लागि मंसिर ४ एउटा संकल्प सूर्य चिह्नमा  मतदान गर्नुहोस्ःखत्री
  • न्युज मानसराेवर

बाँके\ बाँके क्षेत्र नं.३ मा नेकपा एमालले प्रचार अभियान संगै मतदाता शिक्षालाई तिब्र रुपमा अगाडी बढाएको छ ।
बैजनाथ गाउँपालिका वडा नं.४ स्थित एकासीनगरमा  एमाले प्रदेश (क)  का उम्मेदवार रत्न खत्रीले विकास र समृद्धीका लागि नेकपा एमाले उम्मेदवाहरुको विजयी गराउन  आवश्यक रहेको बताएका छन।

उनले समाजवादको परिकल्पना मार्फत समृद्ध बाँके क्षेत्र नं.३ निमार्ण गर्नाका लागि  एमाले उम्मेदवारहरुको विजयी आवश्यक छ उनले भनेका छन।

२०६७ सालमा बाजुरेली बस्ति हटाउन तत्कालिन सरकारले चालेको कदमको विरुद्ध आफुले  हटाउन रोकेको स्मरण गर्दै उनले अब तत्काल भूमिहिन दलित अव्यवस्थित बसोबासीहरुको समास्या समाधानमा आफ्नो पहिलो जिम्मेवारी रहेको बताए । समृद्ध बैजनाथ निमार्णका लागि मंसिर ४ एउटा संकल्प जो अखण्ड नेपालका लागि सूर्य चिह्नमा  मतदान गर्न अपिल समेत गरेका छन।

घरदैलो कार्यक्रममात्यसै गरी बाँके क्षेत्र नं.३ का प्रतिनिधि सभा उम्मेदवार किश्मतक कुमार कक्षपतिले बन्यजन्तुु बाट पुर्याएको क्षति बाट पिडित नागरिकहरुलाई नीतिगत रुपमा राहत र राज्यको उत्तरदायित्वमा सहज पहँुच कायम गर्न आफ्नो पहिलो कदम हुने बताए ।

उनले समृद्ध बैजनाथ निमार्णमा एमालेले स्थानीय सरकारले लिएको उदेश्य अनुरुपमा आफ्नो जिम्मेवारी हुने प्रतिवद्धता समेत जनाएका
थिए ।नेकपा एमालेका प्रदेश कमिटी सदस्य घननाथ खनाल बैजनाथ गाउँपालिका पूर्व अध्यक्ष तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य  मान बहादुर रुचाल सामाजिक सेवा विभागका केन्द्रिय सदस्य धर्मलाल रोकाया लगाएतले एमालेका उम्मेदवाहरुलाई विजयी बनाउन अपिल गरेका थिए । घरदैलो कार्यक्रम  बैजनाथ गाउँपालिका वडा नं.४ का विभिन्न टोलहरुमा गरिएको थियो ।

घरदैलो कार्यक्रममा  एमालेका जिल्ला कमिटी सदस्यहरु बैजनाथ गाउँपालिका पार्टी प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

  • २५ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech