५ असार २०८२, बिहीबार

बाँके तीनमा मतगणना थालियो
  • न्युज मानसराेवर

बाँके\ बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु थालिएको हो।

बाँके क्षेत्र नम्बर १ र २ को मतगणना बिहान १० बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए। प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट महेश्वरजङ्ग गहतराज, नेकपा एमाले र राप्रपा गठबन्धनबाट एमालेबाट सूर्य ढकालबीच दुईपक्षीय प्रतिस्पर्धा हुनेछ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा जसपाबाट मोहम्मद इश्तियाक राई, एमाले राप्रपा गठबन्धनबाट डा. धवलशमशेर राणा नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिनिधिसभातर्फ क्षेत्र नं ३ मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट किशोरसिंह राठोर, नेकपा एमालेबाट किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुने देखिएको छ।

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech