काेहलपुर / बाँके क्षेत्र नं.१ का विजयी उम्मेदवारहरूले पत्रकार भेटघाट गरेका छन ।
नेकपा एमाले बाट विजयी उम्मेदवारहरूले काेहलपुरमा पत्रकार भेटघाट गरेका हुन ।
नेकपा एमालेबाट विजयी प्रतिनिधि सभा सदस्य सुर्य ढकालले निर्वाचनमा आम मतदाताहरूलाई गरेका प्रतिवद्वताहरू पूरा गर्नका लागि प्रतिवद्व रहेकाे बताए ।
ढकालले आम नागरिकहरूकाे आधारभूत स्वास्थ सेवा प्रभावकारी बनाउन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरले बाँके क्षेत्र नं.१ का नागरिकहरूलाई स्थानीय तहकाे सिफारिसमा निशुल्क उपचार गर्नका लागि पहल गरिएकाे बताए ।उनले प्रतिनिधि सभामा नीति निर्माण र समग्र बाँकेकाे विकासमा जाेड दिने बताए ।
त्यसैगरी बाँके क्षेत्र नं.१ प्रदेश ख का विजयी उम्मेदवार दुर्गा थारूले ५ वर्ष भित्र बदनाम हुने कुनै कार्य नगरिने उल्लेख गर्दै समृद्ध बाँके निर्माणमा केन्द्रीकृत हुने उल्लेख गरे ।
थारुले खराव ठाउमा मतदान भएकाे छैन, राम्रो काम गरेर देखाउछु, मतदाताहरुले मतदान हाेईन मनकाे दान गर्नुभएकाे छ । मनकाे दानलाई उच्च मुल्यांकन गरि आगामी कार्यदिशा तय गरि अगाडि बढ्ने कुरा बताए ।
निर्वाचनमा गरिएका बाचाहरू पूरा गर्ने अठाेट लिएकाे थारूले उल्लेख गर्दै सबै मतदाता प्रती धन्यवाद व्यक्त गरेका छन ।
त्यसै गरि पत्रकार भेटघाट कार्यक्रम मा एमाले निर्वाचन परिचालन कमिटीका संयाेजक बलराम भट्टराईले निर्वाचनमा साथ सहयाेग गर्ने सबैलाई मतदाता ,कर्मचारी ,पत्रकार ,नागिरक समाज राजनगरी दलहरू धन्यवाद व्यक्त गरे ।
उनले निर्वाचित उम्मेदवारहरूले गरेका बाचाहरू पूरा गर्नाका लागि नेकपा एमाले पूर्ण रूपमा प्रतिवद्वता रहेकाे समेत उल्लेख गरेका छन ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सदस्य ,नगर कमिटी पदाधिकारी रा.प्र.पा का अगुवा नेता तथा कार्यकर्ताहरूकाे सहभागीता रहेकाे थियाे ।