२३ माघ २०८१, बुधबार

स्थानीय सरकार मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै अघि बढ्नेःशाही
  • न्युज मानसराेवर

बाँके\बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अबसरमा शुभकामना व्यक्त गरेका छन। उनले  स्थानीय सरकार मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै स्थानीय स्तरको विकासमामा प्रतिवद्ध रहेको बताए ।

शाहीले नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकारअन्तर्गतका प्रायः सबै नागरिकहरुका अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताए।

उनले स्थानीय सरकारले नागरिकहरुका मौलिक अधिकार शिक्षा, स्वरोजगार नीति निमार्ण तथा कार्यान्वयन गरिरहेको बताए । सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले मानव अधिकार दिवसका रूपमा मनाउँदै आएको छ।

  • २४ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech