७ असार २०८२, शनिबार

गाउँपालिकामा कर्मचारीले गरे तालाबन्दी
  • न्युज मानसराेवर

बाँके\ बाँकेको डुडुवा गाउँपालिकामा  कर्मचारी आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाको गाउँसभा नहुँदा आफूहरूको सेवासुविधा प्रभावित भएपछि  कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन।  नयाँ आर्थिक वर्ष २०७९/८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोशित बनेका हुन्।

डुडुवा गाउँपालिका कर्मचारीले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयहरूमा पनि शिक्षकहरुले आंशिक अध्यापन गराएका छन् ।

  • २६ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech