१३ मंसिर २०८१, बिहीबार

सरकार गठनका लागि एमालेसँग पनि संवाद जारीः प्रवक्ता महरा
  • न्युज मानसराेवर

बाँके\नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयअगावै सत्ता गठबन्धनमा आगामी सरकारको नेतृत्वका विषयमा टुङ्गो लाग्ने बताएका छन।

प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले भनेका छन , “सरकार गठनका लागि सत्ता गठबन्धन बाहेक नेकपा एमालेसँग समेत छलफल भइरहेको छ , तर अहिलेसम्म गठबन्धनको सरकार बन्ने देखिन्छ ।”

उनले राष्ट्रपतिले दिएको समयसीमा आइतबारसम्म सरकार गठनका लागि गठबन्धनमा सहमति जुट्ने विश्वास व्यक्त गर्दै अहिलेसम्म नेतृत्वको विषयमा कुनैपनि सहमति नभएको पत्रकार सम्मेलनमा जानकारी गराए ।

समाजवादी विचारधारा राख्ने बाम र गैरबाम पार्टीको संयुक्त मोर्चा बनाउन ५\६ वटा राजनीतिक पार्टीसँग सकारात्मक छलफल अघि बढेको पत्रकार भेटघाटमा महराले  जानकारी गराए ।

  • ९ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech