११ असार २०८२, बुधबार

लुम्बिनी प्रदेशको विकासमा मिलेर काम गरौँ : मुख्यमन्त्री गिरी
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या भएको बताएका छन।
आज एनटिभी कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले उक्त कुरा बताएका हुन ।

“यो अस्थिरताबाट कसरी मुलुकलाई जोगाउने ? कसरी मुक्त हुने ? स्थिरता नभई मुलुकले फड्को मार्न सक्दैन” टेलिभिजनको ३८ औँ वार्षिकोत्सवको अवसरमा उनले भने । मुख्यमन्त्री गिरीले ,– “३० वर्षमा २८ सरकार, काम गर्छ ? एउटा आउँछ पहिलेकाले गरेका काम रोक्छ, फेरि नयाँ सुरुवात गर्छ, यसरी विकास र समृद्धि हुन सक्दैन ।”

नेपालीले अहिले अङ्गालेको व्यवस्थाले स्थिर सरकार दिन नसक्ने भन्दै आर्थिक विकास र समृद्धिमा भने दलहरुबीच मिलेर, सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड  समेत दिएका छन।  “सरकार आउने र जाने ठूलो कुरा होइन” मुख्यमन्त्री गिरीले

भने  , “काम के गर्ने ? प्राथमिकता के हुने ? जनतालाई चाहिने कुरा के हुन ? प्रदेशलाई चाहिने कुरा के हुन ? यी विषयमा छलफल गरेर ठाउँमा पुग्नुपर्ने र अडिनुपर्ने अहिलेको जिम्मेवारी हो ।”  मुख्यमन्त्री गिरीले प्रदेशको राजधानी स्थानान्तरण भई अस्थायी व्यवस्थापन र स्थायी संरचना निर्माणको काम अघि बढाइएको बताए । राजधानीको व्यवस्थापनका कारण मन्त्री परिषद्ले पूर्णता पाउन समय लागेको मुख्यमन्त्री गिरीको भनाइ छ । आगामी ५ वर्षमा जनताले अपेक्षा गरेजस्तै जनताको साथमा सरकार छ भन्ने अनुभूति गराउने गरी काम भइरहेको
उनको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी, प्रदेश सांसदहरू रत्न खत्री, दुर्गा चौधरी, बसन्ती अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्थानीय कला संस्कृतिको जगेर्नामा एनटीभी कोहलपुरको महत्त्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष फुलमान वलले नेपाल टेलिभिजनले राज्यको प्राथमिकता र आवश्यकता परिपूर्तिमा सहयोग गरेको बताए । छिट्टै खस, डोटेली र थारु भाषामा समाचार प्रसारण गर्न लागिएको र मगर तथा अवध भाषामा समाचार प्रसारणका लागि तयारी अघि बढाइएको जानकारी समेत दिएका छन। दिनुभयो ।

 

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech