११ असार २०८२, बुधबार

बैजनाथमा खानेपानीका आयाेजनाहरू अनुगमन
  • न्युज मानसराेवर

बाँके/बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहिले निर्माणधीन खाने पानीका आयाेजना अनुगमन गरेका छन ।शुद्व खानेपानी आम नागरिकहरूलाई उपलब्ध गराउने उदेश्यले साझेदारीमा संचालित खानेपानी आयाेजनाहरू बैजनाथ वडा न ८ ,७,  ,१,२,६,१,४ मा निर्माणधीन तथा  सम्पन्न खानेपानी आयाेजना अनुगमन गरिएकाे हाे ।

नागरिकहरूकाे माैलिक अधिकार शुद्व खानेपानी उपलब्ध गराउनु मुख्य रूपमा तीन तहका सरकारहरूकाे जिम्मेवारी रहेकाे बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहिले बताएका छन ।

अनुगमनमा गाउँपालिका उपाध्यक्ष निर्मला राेकाया , वडा अध्यक्ष लगाएकाकाे सहभागिता रहेकाे थियाे । खानेपानीका ट्याङकी निर्माण भएतापनि बैजनाथमा हाल सम्म २ वटा खानेपानी संचालनमा रहेका छन । कूल खानेपानीका आयाेजना ११ वटा छन ।

खानेपानीका थप आयाेजनाहरू आवश्यकता अनुसार निर्माण हुने उपाध्यक्ष निर्मला राेकायले बताएकी छन । राेकायाले संचालनमा नभएका आयाेजनाहरू तत्काल संचालनमा ल्याउन सबै निकाय संग समन्वय र सहकार्य गरिने समेत जानकारी गराएकी छन ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech