१२ मंसिर २०८१, बुधबार

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित
  • न्युज मानसराेवर

बाँके\राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् ।

सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनु्सार दसौंतीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मत पाएका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ तीन मत बदर भएको छ ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

निर्वाचनमा ३०५ जना मतदाता थिए । जसमा ३०४ जनाले मतदान गरेका थिए ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech