बाँके\मुख्यमन्त्री राजेन्द्रसिंह रावल अल्पमतमा परेपछि सुदूरपश्चिम सरकार एक महिनामै ढलेको छ ।
प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
रावलले केहीबेरमा प्रदेश प्रमुखसमक्ष राजीनामा दिने जानकारी गराए ।
‘संसदीय प्रणालीलाई स्वीकार्छु । अनैतिक खेलमा लाग्दिनँ । म अहिल्यै राजीनामा दिन्छु’, उनले प्रतिक्रिया दिएका छन।