बाँके । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयतको शपथ आज हुने भएको छ ।
प्रदेश प्रमुख सचिवालयका अनुसार दिउँसो १ बजेका पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।
मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिवार सरकारलाई पूर्णता दिएका थिए ।
जसअनुसार जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, चेतनारायण आचार्य खानेपानी, इन्द्रजित थारू भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।