१२ असार २०८२, बिहीबार

लुम्बिनी प्रदेशमा मनाइयो जनयुद्ध दिवस
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा शहीद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको छ ।

रुपन्देहीमा रहेका ६५ जना  शहीदपरिवारका सदस्यसँगै उक्त दिवस मनाइएको हो । लुम्बिनी प्रदेशको पहिला शहीद टीकाराम गौतम र गणेश ढकालको घरमा पुगी पूर्वमन्त्री तथा पार्टी लुम्बिनी प्रदेश संयोजक सुदर्शन बरालको नेतृत्वमा  नगर र जिल्ला पार्टी कमिटीको आयोजनामा  शहीद परिवारको  गुनासो सुन्दै दिवस मनाइएको छ । सो अवसरमा शहीद परिवारका सदस्यलाई सम्मान पनि गरिएको छ ।

संयोजक बरालले पार्टीले शहीद परिवारको मर्म बुझ्न नसक्दा अन्य पार्टीमा प्रवेश गर्न बाध्य भएको बताउँदै उहाँले भन्नुभयो, “यस्तो अवस्था आउने दुःखद हो, पार्टी नेतृत्वले यसमा ध्यान दिनुपर्छ ।”शहीद टीकाराम गौतम र गणेश ढकालको आमालाई दोसल्ला ओढाएर सम्मान गर्दै नेता बरालले उहाँहरूको घरको आर्थिक अवस्थाबारे पनि जानकारी लिएका थिए ।

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech