१२ असार २०८२, बिहीबार

नेपालगञ्जको पुँजीगत खर्च दस प्रतिशत
  • न्युज मानसराेवर

बाँके\चालू आर्थिक वर्ष २०७९/८० को सात महिना पूरा हुँदासमेत नेपालगञ्ज उप–महानगरपालिकाको पुँजीगत खर्च एकदमै न्यून रहेको छ ।

नगर उपप्रमुख कमरुद्दिन राईले १२औँ नगर सभामा प्रस्तुत गर्नुभएको विवरणअनुसार नेपालगञ्जको पुँजीगत खर्च १० प्रतिशतभन्दा पनि न्यून रहेको छ । उपमहानगरपालिकाका अनुसार पुँजीगततर्फ ९.४४ मात्रै खर्च भएको छ ।

समीक्षा अवधिसम्म उप–महानगरपालिकाले कुल विनियोजनको २५.१ प्रतिशत रकम खर्च गरेको छ ।

जसअन्तर्गत चालूतर्फ ३४.६८ र वित्तीय व्यवस्थातर्फ ३९.३४ प्रतिशत खर्च भएको छ । नगरप्रमुख प्रशान्त विष्टले लामो बिदा, निर्वाचनलगायतका प्रक्रियागत कामले गर्दा अहिले पुँजीगत खर्च न्यून भए पनि अब खर्च बढ्ने दाबी गरेका छन।

उपमहानगरपालिकाका अनुसार पुस मसान्तसम्म एक अर्ब नौ करोड ६७ लाख ८५ हजार रुपियाँ गरी करिब ५५ प्रतिशत आम्दानी भएको छ । यस्तै आन्तरिक आयमा करिब ५८ प्रतिशत प्रगति भएको छ ।

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech