बाँके\स्वास्थ्य कार्यालय बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको जिल्लास्तरीय पत्रकार अन्तरक्रिया कार्यक्रममा अभियानका बारेमा जानकारी दिइएको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा १ लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा १ लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधि खुवाउने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् ।
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले लक्षित समूहका सबै व्यक्तिहरुलाई औषधि सेवन गर्न उनले आग्रह गरिन् । नेपालगन्ज उपमहानगरपालिकामा ५० प्रतिशत मानिसले मात्रै औषधि खाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले हात्तीपाइले रोगविरुद्धको अभियानलाई प्रभावकारी गराउन जनप्रतिनिधि, राजनीतिक दल तथा बुद्धिजीवी मिडियाकर्मी,सबै वर्गको यो अभियानलाई सफल बनाउन सहयोग आवश्यक रहेको बताइन् ।
बाँकेमा पाँच वर्ष लगातार औषधि खुवाएपछि पनि हात्तीपाइले निवारण गर्ने रणनीति असफल हुँदा १३ औं पटक औषधि खुवाउन लागिएको हो । बाँकेमा २०६७/६८ देखि औषधि खुवाउन सुरु गरिएको थियो ।