१२ मंसिर २०८१, बुधबार

कर्णालीका ९४ प्रतिशत पालिकामा पुग्यो एमालेको ‘मिसन ग्रासरुट’
  • न्युज मानसराेवर

सुर्खेत\नेकपा एमालेले शुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ कर्णाली प्रदेशका ९४ प्रतिशत पालिकामा पुगेको एमाले प्रदेश कमिटीले जनाएको छ ।

प्रदेश अध्यक्ष बिनोद कुमार शाहका अनुसार ७९ पालिका रहेको कर्णाली प्रदेशमा ७६ पालिकामा ‘मिसन ग्रासरुट’ चलिरहेको छ । ‘उपल्लो डोल्पाका तीन पालिका बाहेक अन्य प्रदेशका अन्य सबै पालिकाहरुमा अभियान सञ्चालन भइरहेको छ । पालिका सकेर वडा तहमा कार्यक्रमहरु सञ्चालन भइरहेका छन्,’ अध्यक्ष शाहले अनलाइनखबरसँग भने ।

प्रदेशका १० जिल्ला मध्य हुम्ला र सल्यानमा जिल्ला स्तरीय अभिमुखीकरण भने अझै शुरु हुन सकेको छैन । नेताहरुको व्यस्तता र केही आन्तरिक समस्याका कारण यी दुई जिल्लामा अभियान सुचारु हुन नसकेको नेताहरुले बताएका छन् । यी दुई जिल्लाको पालिका र वडास्तरमा भने अभियान चलिरहेको छ ।

५ फागुनमा पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल माध्यम’बाट शुभारम्भ गरेको अभियान ६ फागुनबाट कर्णालीमा शुरु भएको थियो ।

  • २४ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech