१३ असार २०८२, शुक्रबार

बाँकेमा थन्कियो हुम्लाको चामल
  • न्युज मानसराेवर

बाँके\पश्चिम नेपालको हिमाली जिल्ला हुम्लाका लागि स्थल मार्गबाट दुई सय क्विन्टल मात्र चामल ढुवानी भएको छ । ढुवानी गर्ने समय अवधि सकिए पनि ढुवानीकर्ताले हालसम्म दुई सय क्विन्टल मात्र चामल पठाएको हो ।

गत असार मसान्तसम्म एक हजार पाँच सय क्विन्टल चामल हुम्लामा ढुवानी गर्ने गरी एलबी सप्लायर्स हुम्लाले ठेक्का लिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार ढुवानीको समयसीमा पूरा भए पनि ढुवानी नभएको जानकारी  गराएका छन।

यसबारे जिल्ला प्रशासन कार्यालय, हुम्लालाई जानकारी गराएपछि सप्लायर्सले दुई सय क्विन्टल चामल मात्रै हुम्ला पठाएको थियो । बाँकी एक हजार तीन सय क्विन्टल नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा थन्किएको प्रमुख लामिछानेले बताए ।

हुम्लामा खाद्यान्नको अभाव भएपछि आएको गुनासोपश्चात् पटकपटक ढुवानी गर्ने दबाब दिए पनि सुनुवाइ नभएको समेत उनले भनेका छन।

हवाई मार्गबाट दुई हजार क्विन्टल चामल ढुवानी गर्ने कोटा रहेकोमा हालसम्म एक हजार सात सय क्विन्टल चामल ढुवानी भइसकेको शाखा प्रमुख लामिछानेले उल्लेख गरे । सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पु¥याउन कोटा तोकेको छ ।

  • २८ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech