बाँके\ लुम्बिनी प्रदेश सांसद तथा नेकपा एमाले बाँकेका जिल्ला सचिव रत्न खत्रीले संगठन निमार्णमा सबै एक जुट हुन आवश्यक रहेको बताएका छन। मिसन ग्रासरुट तथा राष्ट्रिय युवासंघको नवौ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला एंव प्रशिक्षण कार्यक्रममा सांसद खत्रीले उक्त कुरा बताएका हुन।
मिसन ग्रस रुट लाई इमानदारीताका साथ कार्यनयन गरी पार्टी लाई जनताका बीचमा स्थापित गर्ने प्रमुख लक्ष्य सबैले लिनु पर्ने खत्रीले धारणा राखेका छन। उनले जनताको पार्टीलाई कमजोर बनाउन कसैले नसक्ने दावि समेत गरेका छन ।
‘एमाले लाई जति जति बेला चौतर्फी घेराबन्दी गरिन्छ ‘। ‘तेति तेति बेला कार्यकर्तामा इख पैदा हुन्छ।’र त्यो इखलाइ सामर्थ्यमा बद्लेर
एमाले लाइ ठुलो पार्टी बनाएको पार्टीको इतिहासलाई आत्मसाथ गरौँ उनले भनेका छन।
खत्रीले एमालेलाई चौतर्फी घेराबन्दी गर्न खोजीएको बताए । त्यस लाइ तोड्न पूर्न एमाले कार्यकर्ताले इख पैदा गर्नु पर्ने छ,उनले भनेका छन। खत्रीले जनताको सेवामा नेता कार्यकर्ता केन्द्रित हुन आवश्यक रहेको समेत बताए । उनले नेतालाई खोज्न जनता हैन जनतालाई खोज्न नेता बस्ति बस्तिमा पुग्न आवश्यक रहेको बताएका छन। उनले अर्थतन्त्रका सवालहरुमा स्वाभिमान नीति आयआर्जन केन्द्रित कार्ययोजनाका साथ जनताका विचमा जान र संगठन निमार्णमा केन्द्रित हुन आजको आवश्यक रहेको बताएका छन।