बाँके\बाँकेको कोहलपुर र नेपालगञ्ज लगायतका राजमार्ग तथा मुख्य सडकमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक सुधार अभियान सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलकबहादुर सुनारले सो अभियानअन्तर्गत ट्राफिक कार्यालयले विभिन्न ठाउँका सडक क्षेत्रमा रहेका जेब्रा क्रसिङको रङ्गरोगनसँगै अन्य सुरक्षा चिह्न लेख्ने कार्य गरिरहेको जनाएका छन।
पछिल्लो समय सवारी साधनको चाप र मानवीय लापरबाहीका कारण दुर्घटना रोक्न निकै ठूलो चुनौती देखिएको बताउर्दै सवारी दुर्घटना रोक्नका लागि पहिलो चरणमा ट्राफिक सुरक्षाका लागि सुरक्षा चिह्न निर्माण तथा रङ्गरोहन सुरु गरिएको बाँके ट्राफिक प्रहरी कार्यालय जनाएको हो ।
पछिल्लो समय ट्राफिक प्रहरी कार्यालय बाँकेले सङ्घ संस्थाहरूसँग मिलेर कोहलपुर क्षेत्रमा रहेका विभिन्न सडकहरूमा जेब्रा क्रसिङ तथा सुरक्षा चिह्नहरू रङ्गरोहन गरिरहेको र त्यसपछि नेपालगञ्जमा गर्ने लक्ष्य लिइएको समेत कार्यालयले जनाएको छ।
भोलिन्टियर सोसाइटी अफ बाँकेको आयोजनामा कोहलपुर क्षेत्रमा पुरिएका जेब्रा क्रसिङमा सेतो रङ्ग लगाउने काम सम्पन्न गरिएको छ।