बाँके\कार्यकर्तामा वैचारिक स्तर खस्केको भन्दै नेकपा माओवादी केन्द्रले जनता र कार्यकर्ता लाई प्रशिक्षित कार्यक्रम सुरु गरेको छ ।
अभियान अन्र्तगत माओवादी केन्द्र लुम्बिनी प्रदेश स्कुल विभागले आइतबार देखि ३ दिने स्कुलिङ सुरु गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख दुर्गा बहादुर थारू कविरले जानकारी दिए ।
३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १ सय ९ पालिका र बिभिन्न जवस र मोर्चाका गरि १ सय २५ जनाको सहभागिता रहेको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।