१५ असार २०८२, आईतवार

नेपालीहरुको रोजाई सीमापारि रुपैडिहा बजार
  • न्युज मानसराेवर

बाँके\बाँकेका अधिकाश समुदायको रोजाइमा सीमापारि बजारमा  किनमेल गर्नेहरुको भिड बडेको पाईन्छ ।

पछिल्लो समय मुस्लिम समुदायको इद नजिकिएसँगै सीमापारि बजारमा देख्न सकिन्छ ।

बाँके स्थित  नेपालगञ्ज बजारमा खासै चहलपहल  छैन ।

सीमापारि रुपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।

दशैँ र तिहारजस्तै इदका लागि पनि अधिकांश नेपाली उपभोक्ता सीमापारि गएर किनमेल गरिरहेको पाइएको छ ।

भारत रुपैडिहाका व्यवसायी ओमकार वैश्यले अन्य दिनको तुलनामा अहिले दोब्बरभन्दा बढी बिक्री बढेको जानकारी गराए ।

उनले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरीगाउँ र दाङ तथा सुर्खेतबाट खरिदारीका लागि नेपाली आइरहेको जानकारी गराए ।नेपालगञ्जका फिरदौसजहाँ खानले नेपालगञ्जभन्दा सामान धेरै सस्तोमा पाइने भएकाले रुपैडिहा आएको बताए ।

  • ३ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech