१२ मंसिर २०८१, बुधबार

राप्ती नदीमा तटबन्ध निर्माणका लागि प्रधानमन्त्रीसँग गुहार
  • न्युज मानसराेवर

बाँकेबाँकेको दुर्गम मानिने राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई डुबानबाट जोगाउन वर्षा सुरु हुनुभन्दा पहिले नै राप्ती नदीमा अति जोखिममा रहेका नौ स्थानमा तटबन्ध निर्माण आवश्यक देखिएको छ ।

लामो समयदेखि वर्षातको समयमा राप्तीनदीमा आउने बाढीले गर्दा राप्तीसोनारी र नरैनापुरका धेरै गाउँ डुबान र कटानमा पर्दै आएको हुँदा पटक पटक प्रयास गरिए पनि तटबन्ध नबन्दा सो क्षेत्रका सयौँ बासिन्दाले डुबान र कटान झेल्दै आएका छन् ।

यस पटक वर्षा सुरु हुनुभन्दा पहिले नै राप्तीनदीमा अति नै जोखिममा रहेका नौ स्थानमा तटबन्ध निर्माण र केही भत्किएका तटबन्धको मर्मत सम्भारका लागि सो क्षेत्रका प्रदेश सांसद कृष्ण केसी नमुनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  आग्रह गरेकी छन।

आफ्नो क्षेत्रका जनतालाई डुबान र कटानबाट हुने क्षतिबाट जोगाउन राजधानी पुगेर प्रधानमन्त्री प्रचण्डलगायत सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई भेटेर विशेष आग्रह गरिएको बाँके क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सांसद केसीले बताइन।

  • ११ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech