१२ मंसिर २०८१, बुधबार

शान्ति सुरक्षाका निम्ति सरोकारवालासँग छफफल गर्दै सांसद नमुना
  • न्युज मानसराेवर

बाँके\नरैनापुर क्षेत्रको सुरक्षामा चासो राख्दै लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन।  उक्त क्षेत्रमा रहेका नेपाल र सशस्त्र प्रहरीका प्रमुखसँग उहाँले नरैनापुर क्षेत्रको सुरक्षाबारे छलफल  गरिएको हो ।

स्थानीयको सुरक्षा, चोरी तस्करी नियन्त्रण, विपद् व्यवस्थापनको तयारी लगायतका विषयमा सांसद नमुनाले चासो समेत राखेकी छन।   पछिल्लो समय नरैनापुरबाट तस्करी बढिरहेको गूनासो आइरहेको भन्दै त्यसलाई तत्काल रोक्नुपर्नेमा जोड  गरेकी छन।

‘पहिलेको भन्दा यस क्षेत्रमा अहिले सुरक्षाकर्मीको उपस्थिती पनि धेरै छ ।

स्थानीयलाई भरपर्दो सुरक्षा दिनुका साथै चोरी तस्करी समेत रोक्नुपर्ने यहाँहरुको जिम्मेवारी हो’  उनले भनिन। , ‘सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुहुन्छ भन्ने मैले अपेक्षा लिएकी छु ।’ सोही क्षेत्रबाट निर्वाचित सांसद नमुनाले सुरक्षाकर्मीलाई स्थानीयको सुरक्षा, चोरी तस्करी नियन्त्रणमा कडाई गर्न निर्देशन  दिइएकी छन।

 

  • १५ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech