१६ असार २०८२, सोमबार

खजुरामा अनलाइनबाटै सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरिँदै
  • न्युज मानसराेवर

बाँके\बाँकेको खजुरा गाउँपालिकाले सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम मार्फत नागरिकको सुझाव लिन शुरु गरेको छ ।

गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहका विषयमा नागरिकले कत्तिको सन्तुष्टि पाइरहेका छन् भन्ने बारेमा सर्वेक्षण फारम मार्फत बुझ्न खोजेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

कार्यालायले नागरिक प्रतिको सेवा प्रबाहलाई प्रभाबकारी बनाउन गुगल फरमेटबाट नागरिक सेवाप्रबाहको सन्तुष्टि सर्बेक्षण गरि सेवा प्रबाहमा आबस्यक सुधारको योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताए । सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारममा ११ प्रश्न समावेस गरिएका छन् ।

  • १६ बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech